साेमबार सुनको मूल्य बढ्यो, प्रतिताेला कति पुग्याे ?



काठमाडौं ।

नेपाली बजारमा आज लगातार तेस्रो दिन पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै लगातार तस्रो दिन सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । आज सुनको मूल्यमा ६०० रुपैयाँको वृद्धि आएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आइतबार ८०० र सोमबार १७ सय रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले हिजो सामेबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्