नेपालका बालगायक प्रसुनजंग जर्जियाको स्पर्धामा विजयी



नेपालका बाल गायक प्रसुनजंग पोखरेलले अन्तर्राष्ट्रिय उपाधि चुमेका छन्। पोखरेल जर्जियाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वल्र्ड राइजिङ स्टार २०२३ प्रतियोगितामा विजयी भएका हुन्।

प्रतियोगितामा पोखरेलले राष्ट्रिय पोसाकको टाइटल पनि जितेका छन्। नेपालको डीएसए सिंगिङ स्टार २०१९ का विजेता पोखरेल यसअघि थाइल्यान्डको टीन स्टार इन्टरनेसनल २०२२ प्रतियोगितामा फोर्थ रनर्सअप भएका थिए। ब्राइट प्mयुचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत उनी परिवर्तन इभेन्ट हाउसद्वारा केही अघि राजधानीमा आयोजित नृत्य, गायन र अभिनयसम्बन्धी प्रतिस्पर्धा डीएसए स्टार २०१९ मा विजेता भएवापत नेपालको प्रतिनिधित्व गर्दै जर्जियाको प्रतिस्पर्धामा सहभागी भएका थिए। त्यहाँ उनले ४२ देशका प्रतिस्पर्धीमाझ अन्तिम स्पर्धा गरेका थिए। प्रसुनले उपाधि चुमेवापत शनिबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमाझ पुगेर नेपालको नाम चिनाउने काम गरेकोमा शुभकामनासहित अवार्ड हस्तान्तरण गरेकी थिइन्। सो कार्यक्रममा ब्राइट प्mयुचर एकेडेमीका सिइयो मोहन कार्की, मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा र परिवर्तन इभेन्ट हाउस निर्देसक राज बराइलीलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्