कलाकार संघको अध्यक्षमा रेजिना उप्रेती र मोहन निरौलाको उम्मेदवारी



आगामी चैत्र चार गते हुने नेपाल चलचित्र कलाकार संघको चुनावमा दर्जनौं कलाकार आकांक्षी देखिएका छन्।

संघको नयाँ कार्यसमितिको अध्यक्ष पदमा दुईजना मात्रको उम्मेदवारी परे पनि अन्य पदमा कलाकारको घुइँचो देखिएको छ। संघको अध्यक्ष पदमा वर्तमान कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती र मनोनीत उपाध्यक्ष मोहन निरौलाले उम्मेदवारी दिएका छन्। संघको कार्यसमिति पदाधिकारीका लागि हालको कार्यसमितिमा रहेका पदाधिकारी तथा नयाँ अनुहारले उम्मेदवारी दिएका छन्। दुई उपाध्यक्ष पदका लागि भने शिवहरी पौडेल ञवैरागीु, धनबहादुर बम्जन (डीबी), पवनप्रसाद खतिवडा (बाबा), तेजकुमारी खतिवडा (तेजुला), सरिता गिरी, कविता गेलाल र विष्णुप्रसाद रिजालले उम्मेदवारी दिएका छन्। संघको विधान अनुसार दुई उपाध्यक्ष निर्वाचनबाट आउनेछन् भने अध्यक्षले एक उपाध्यक्ष मनोनित गर्न सक्नेछ।

त्यसैगरी, महासचिव पदमा सञ्जय खतिवडा, धर्मानन्द आचार्य (धर्मेन्द्र), सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले उम्मेदवारी दर्ता गराएका छन् भने सचिव पदमा रामेश्वर बुर्लाकोटी र जीवन थापाले उम्मेदवारी दिएका छन्। त्यस्तै, कोषाध्यक्ष्यमा सुनील कटुवाल र विनोदकुमार भट्टराई तथा सह कोषाध्यक्ष्यमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी दिएका छन्।

११ जना सदस्यको पदमा उद्धवप्रसाद भद्मराई, गोपाल ढकाल छन्देु, संयोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुष्पप्रसाद पाण्डे, लक्ष्मण चँैलागार्इं (खिम्ते काका,) रञ्जना खड्का (खुश्बु), सुनीलकुमार पुरी, नम्रता खरेल, गोपीलाल तामाङ, दिलबहादुर दोङ, दिलबहादुर दोध्र (डीबी), पुकार भद्मराई, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाई, सरिता राजोपाध्याय, नितु कोइराला (गौतम), ईश्वर बल्लभ उप्रेती, मित्रसेन बजगार्इं, समीर लामा तामाध्र, निर्मल स्यांग्तान (बुद्धिमान) र बबिता ढकाल (बबिरोजा) ले उम्मेदवारी दर्ता गराएका छन्।

 

प्रतिक्रिया दिनुहोस्