वुमन मेक फिल्म फेस्ट सम्पन्न



किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँगको सहकार्यमा गत शुक्रवार एक दिने महिला केन्द्रित फिल्म फेस्टिभल वुमन मेक फिल्म फेस्ट आयोजना गरेको छ।

राजधानीको अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका १५ छोटा तथा डकुमेन्टझी फिल्म प्रदर्शन गरिएको थियो।

महिलाले बनाएका फिल्म मात्र प्रदर्शन गरिनु आफैँमा पहिलो प्रयोग भएको र यसमा महिला निर्माता निर्देशकको उत्साहजनक सहभागिताले हौसला दिएको बताएका छन्। किपालय प्रमुख आश्मा पोखरेलले यो सालको फेस्टिभल सानो स्केलमा गरिए पनि आगामी साल यसलाई बृहत् बनाउने योजना रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्