योगमायामाथि फिल्म बन्दै



राजधानीमा हालै आयोजित एक समारोहबीच महिला साधक योगमायाको जीवनमा आधारित वृत्तचित्र फिल्म योगमाया निर्माण गर्ने घोषणा गरिएको छ।

वृत्तचित्र भीमादेवी मल्टी क्रियसन प्रालि र आरम्भ नेपालले संयुक्त रुपमा निर्माण गर्न लागेको हो। वृत्तचित्रका लागि

सन्देश बसौला, नुभिषा उप्रेती, राजकुमार, वासुदेव खनाल, रुद्र गुर्माछान मगर, सरिता राजोपाध्याय, मिश्री थापालगायतका कलाकार चयन गरिएको छ। कार्यक्रममा नुभिव फाउन्डेसनको पनि घोषणा गरियो। निर्देशक भीमा मैनालीको दिवंगत छोरा कलाकार नुभिव उप्रेतीको जन्म जयन्तीको अवसर पारेर सो फाउन्डेसन स्थापनाको घोषणा गरिएको हो।

मानव शास्त्रीय अनुसन्धानमा आधारित योगमायालाई शुरुमा वृत्तचित्र र त्यसपछि फिल्मको रुपमा निर्माण गरिने अनुसन्धानकर्ता तथा निर्देशक भीमा मैनालीले कार्यक्रममा जानकारी गराइन्। राणा शासनका बेला स्वतन्त्रताको लागि योगमायाले बृहत् संघर्ष गरेर जलसमाधिसमेत लिएकाले यो वृत्तचित्र उनकै संघर्षकथामा केन्द्रित रहने निर्देशक भीमाले जानकारी गराइन्। यस्तै, आफ्नो किशोरावस्थाको छोरा नुभिव उप्रेतीको कलेजबाट अपहरणपश्चात् हत्या भएकाले अरुमाथि यस्तो घटना नहोस् भनेर अभियानका लागि नुभिव फाउन्डेसनको स्थापना गरिएको उनले जानकारी गराइन्। बाल कलाकारको रुपमा चर्चा कमाएका नुभिवको काठमाडौंको एक कलेजबाट अपहरणपश्चात् पोखरामा हत्या भएको अवस्थामा शव भेटिएको थियो।

योगमाया वृत्तचलचित्र घोषणा समारोहमा बोल्दै फिल्मकर्मी यादव खरेलले आफ्नो छुट्टै परिचय बनाएकी भीमाले योगमायामाथि यथार्थपरक फिल्म बनाउने विश्वास व्यक्त गरे भने अभिनेता तथा निर्देशक लय संग्रौलाले आपूmले थुप्रै टेलिफिल्ममा बालकलाकारको रुपमा अभिनय गराएका नुभिवको एक वर्षअघि अपहरण गरी हत्या भएको खबरले आपूmलाई दुःखी बनाएको जनाउँदै सो घटनाका दोषीलाई कारबाही गर्न माग गरे।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सुरेश ढकालले योगमायामाथि भिजुअल एन्थ्रोपोलोजीमा एमफिल गर्दै गरेकी भीमाले योगमायामाथि नै अनुसन्धानमूलक फिल्म बनाउन लागेकोमा खुसी व्यक्त गरे। कार्यक्रममा योगमायाबारे गरिएको स्थलगत रिपोर्टिध्रमा आधारित छोटो वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्