आइतबार सुनकाे मूल्य बढ्याे, प्रतिताेला कति पुग्याे ?



काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत साताको कारोबारको अन्तिम दिन शुक्रबार एक लाख दुई हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँ बढेर आज चाँदीको मूल्य प्रतितोला एक हजार २७५ रुपैयाँ पुगेको छ ।अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा महासंघले नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औन्स एक हजार ८५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्