बिभिएस स्कुलकाे सांस्कृतिक कार्यक्रम



काठमाडाैं ।

विभिन्न जात जातीका भेषभुषा, सांगितिक प्रस्तुति साथै रैथाने नाच नेपालका १२५ जातिय वर्गको प्रतिनिधित्व हुने गरी बिभिएस स्कुलले शनिबार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियाे  ।

नेपालको जातीय विविधतालाई प्रतिनिधित्व हुने गरी विद्यार्थीलाई अनिवार्य रूपमा जातीय पहिरन सज्जिन भनिएको थियो । सानो उमेरदेखि नै आफ्नो संस्कृति र पहिरनको बारेमा बालबालिकालाई जानकारी दिनुपर्ने काठमाडाै महानगरपालिका   उप-मेयर सुनिता डंगोलले बताइन् ।

उक्त कार्यक्रममा लाखे, सोरठि नाच जस्ता मौलिक नाचका अलावा बाँसुरी, हार्मोनियम जस्ता नेपाली मौलिक बाजाको प्रयोग गरिएको थियो। विद्यार्थीले पनि यस प्रकारका कार्यक्रमले आफुहरूलाई विभिन्न जातीय पहिरनको बारेमा जानकारी पाउन सहज भएको बताए ।

प्रतिक्रिया दिनुहोस्