चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी



चलचित्र पत्रकार संघ नेपालको बुधबार राजधानीमा सम्पन्न २३औं साधारणसभा तथा नवौं महाधिवेशनले समीर बलामीको अध्यक्षतामा नया™ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।

राति अबेरसम्म चलेको महाधिवेशनले संघको संगठन उपाध्यक्षमा विजय आवाज (सुवेदी), कार्यक्रम उपाध्यक्षमा कुवेर गिरी र महिला उपाध्यक्षमा सुरक्षा भद्मराईलाई निर्वाचित गरेको छ। त्यसैगरी, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, समावेशी सचिवमा उद्धव रसाइली र कोषाध्यक्षमा मनीष कार्की विजयी भएका छन्। सह कोषाध्यक्षमा मनीष दाहाल निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यमा सुरेन्द्र थापा, सीपी जैसी, अर्जुन गुरागाईं, निशा बजगाईं, अनुप भद्मराई र कृष्ण पाण्डे तथा महिला सदस्यमा सुष्मा कार्की विजयी भएका छन् भने समावेशी सदस्यमा मोहमद जलिम निर्विरोध निर्वाचित भएका छन्। संघको केन्द्रीय कार्यसमितिका लागि सह कोषाध्यक्ष र समावेशी सदस्यबाहेक सबै पदमा निर्वाचन भएको छन्। अधिवक्ता तथा कलाकर्मी कृष्ण ढुंगाना प्रमुख निर्वाचत अधिकृत तथा फिल्मकर्मी प्रदीपकुमार उदय र प्रदीप दाहाल निर्वाचन अधिकृत, फिल्म निर्देशक जनकदीप पराजुली, कलाकार उत्तम केसी र निर्माण नियन्त्रक निर्वाचन सहजकर्ता रहेको टोलीले संघको केन्द्रीय कार्यसमितीका लागि निर्वाचन गराएको थियो। संघको विभिन्न आठ शाखाको प्रनितिधिको सहभागिता रहेको महाधिवेशनमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, विशेष अतिथि नेपाल पत्रकार महासंघका एसोसिएट सचिव पवन आचार्य, संघका तत्कालीन अध्यक्ष दिनेश सिटौला, संस्थापक महासचिव तथा पूर्वअध्यक्ष शान्तिप्रिय, प्रमुख निर्वाचन अधिकृत कृष्ण ढुंगाना र निर्वाचन अधिकृत प्रदीपकुमार उदयले पत्रकारिता र संघका विविध विषयमा चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्