मोलुङ हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने



Businessman hand touching IPO (or Initial Public Offering ) sign on virtual screen – stock & investment concept

काठमाडौं ।

मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुँदै छ । यसमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने कम्पनीले जानाएको छ ।

उक्त आईपीओमा कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि १४ लाख ८७ हजार ५८४ जनाले आवेदन दिएका छन् । जसअनुसार २ लाख २६ हजार ४६५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी रहेका १२ लाख ६१ हजार ११८ जनाको हात खाली हुनेछ ।

मोलुङले फागुन ४ गतेदेखि १० गतेसम्म २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको थियो ।यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता पहिला नै निष्कासन गरिसकेको थियो ।

यस्तै सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र कर्मचारीहरुका लागि ५४ हजार ५७० कित्ता सेयर छुट्याइएको थियो । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।मोलुङको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । आईपीओ आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा शुक्रबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्