चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित



काठमाडौं ।

चलचित्र पत्रकार संघ नेपालको अध्यक्ष समीर बलामी निर्वाचित भएका छन् । बिहीबार मध्याराति घोषणा गरिएको निर्वाचनको परिणामअनुसार प्रतिस्पर्धी राजन घिमिरेलाई पराजित गर्दै बलामी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

काठमाडौंमा बिहीबार भएको नवौँ महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी, उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भएका छन् ।

महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, सचिव समावेशीतर्फ उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्की र सहकोषाध्यक्ष मनिष अञ्जान निर्वाचित भए । सदस्यहरुमा सुरेन्द्र थापा, सीपी जैसी, अर्जुन गुरागाईं, अनुप भट्टराई, निशा बजगाईं, कृष्ण पाण्डे, सदस्य महिलातर्फ सुष्मा कार्की र सदस्य समावेशीतर्फ मोहम्मद जालिम निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्