सिद्धार्थ उद्योग वाणिज्य संघ : २८ पदकाे लागि ४६ जनाकाे उम्मेदवारी



भैरहवा । 

आगामी २० फागुनमा हुने सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि ४६ जनाले उम्मेदवारी दिएका छन । संघकाे ६४ औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट २८ पदका लागि ४६ जना उद्योगी व्यवसायीले उम्मेदवारी दिएका हुन् ।

११ फागुनदेखि सुरु भएकाे निर्वाचन कार्यक्रमअन्तर्गत अध्यक्ष पदमा २ जनाले मनाेनयन पत्र दाखिला गरी दर्ता  गरेका छ्न । वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ र महासचिव विजय पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचनमा हाेमिएका छन् । नयाँ नेतृत्वका लागि दुईवटा प्यानलको उम्मेदवारी दर्ता भएको छ ।

वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य  र अरुण गाेयन्का, वाणिज्य उपाध्यक्षमा गाेविन्द ज्ञवाली र रवि कुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा हरिबहादुर थापा र दिलीप कुमार कान्दु,कर्पाेरेट उपाध्यक्षमा राेहितकुमार अग्रवालकाे उम्मेदवारी परेकाे प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गाैडेलले जानकारी दिए ।  ।

महासचिवमा कृष्णप्रसाद घिमिरे र गाेपाल भण्डारी, काेषाध्यक्षमा गंगासागर अग्रहरी, कमल प्रसाद मरासिनी र गाैरब श्रेष्ठ,  सचिवमा  धर्मबिर शर्मा र मंगल भण्डारी सह काेषाध्यक्षमा संजय कुमार बेरिवालकाे उम्मेदवारी परेकाे छ ।

कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र  विकास कुमार गोयनका,  बस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र  प्रितम रौनीयार,  वाणिज्य सदस्य महिला तर्फ यमकला न्यौपाने, उद्योग सदस्य महिला तर्फ पल्लवी न्यौपानेले उम्मेदवारी दिएकी छन् ।

यस्तै खुला उद्योग सदस्यमा ५ पदकाे लागि रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल,  रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमा शंकर मिश्र र भुवन कुमार कान्दुकाे उम्मेदवार छ ।

खुला वाणिज्य सदस्य तर्फ १० पदका लागि अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी,  दिनेशमान अमात्य, रमेश कानु, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकी प्रसाद तेली र विजय अधिकारीकाे उम्मेदवारी परेकाे निर्वाचन अधिकृत गाैडेलले जानकारी दिए । रूपन्देही जिल्ला कार्यक्षेत्र रहेकाे संघमा २ हजार २ सय २८ सदस्य रहेका छन भने यस पटका २ हजार १ सय ९३ जनालाइ मात्रै मताधिकार रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्