नयाँ दिल्लीमा नेपालको कन्फेसन



जगदिश घिमिरेको उपन्यास सावितीबाट प्रभावित भई तयार पारिएको नाटक द कन्फेसन साविती भारतको नयाँ दिल्लीमा मञ्चन गरिएको छ।

नाटक हालै नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ डझामाको मञ्चमा मञ्चन गरिएको हो। नेसनल स्कुल अफ डझामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटक विमल सुवेदीले निर्देशन गरेका हुन्।

गरिबलाई केन्द्र राखी शासकमाथि गरेका अनेक प्रश्नको संगालोको रुपमा तयार जगदिश घिमिरेले तयार गरेको आफ्नो उपन्यासमाथि नाटक हेर्न चाहेपछि रोगसँग जुधिरहेका उनै घिमिरेको सम्मानमा सन् २०१३ मा विमल सुवेदीले नाटक साविती तयार पारेका थिए। त्यतिबेला एक सो भएर बन्द भएको नाटकलाई निर्देशक सुवेदीले समसामयिक रुप दिने क्रममा नयाँ स्वरुपमा प्रस्तुत गरेका हुन्। भारतमा मात्र यो नाटक चारपटक मञ्चन भइसकेको छ।

नाटक भारतमा सन् २०१८ मा नयाँ दिल्लीकै साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो। यसको एक वर्षपछि जम्मु कस्मिरमा मञ्चन भएको थियो। यही साल मात्र दुईपटक मञ्चन भएको नाटक केही दिनअघि आसामको लोर्गी इन्टरनेसनल थिएटर फेस्टिभलमा मञ्चन भएको थियो भने गत आइतबार भारतकै प्रतिष्ठित मानिने नेसनल स्कुल अफ डझामाको मञ्चमा मञ्चन गरिएको हो।

अनुराधा मजुमदारले मुख्य भूमिका निर्वाह गरेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका यावत् विषयमा प्रश्न गर्छ। यसका साथसाथै नाटकले पुरुष र पुरुषवादी सत्ताको नियन्त्रणमा रहेकी महिलाको विद्रोहको कथा प्रस्तुत गर्छ। तर, कथा वाचनका लागि निर्देशक सुकवेदीले एक्सरे, नुन, स्लाइन पानी र रगतसहितको सेट बनाए, जसले संवादको वजनलाई गहिरो गरी दर्शकसँग अन्तक्र्रिया गर्छ। धेरै वर्षपछि नाटक हेर्ने मौका पाएको जनाउँदै भारतका लागि नेपाली राजदूत शंकर शर्माले नाटक प्रभावशाली लागेको प्रतिक्रिया दिए। ञधेरै वर्ष पहिले मैले सर्वनाममा नाटक हेरेको थिएँ। त्यसपछि फेरि आज यो द कन्फेसन हेरेँ। यसको प्रस्तुति र सन्देश दुवै उत्कृष्ट लाग्यो। नाटकसँगै महङ्कवपूर्ण कुरा नेपाल भारत सहकार्य पनि हो, जुन यो नाटकको मार्फत् पनि भएको छु उनको भनाई थियो।

नेसनल स्कुल अफ डझामाका पूर्वनिर्देशक तथा भारतको प्रतिष्ठित पुरस्कार पद्यश्री विजेता रामगोपाल बजाजले नाटकले आफूहरुलाई चुनौती दिएको प्रतिक्रिया दिए। कुनै समय नाटककी मुख्य कलाकार अनुराधा मजुमदारलाई यही विद्यालयमा पढाएका उनले सदा कक्षामा प्रश्न गर्ने अनुराधाले नाटकमार्फत् थप सशक्त तरिकाले प्रश्न गरेको मनपरेको बताए। अनुराधा कक्षामा पनि सदा प्रश्न गर्थिन्। तर, आज नाटकमार्फत् हामीलाई प्रश्नसँगै चुनौती दिएर गएकी छन्। नाटकको विषय एकदमै राम्रो थियो र प्रस्तुति झनै सुन्दर उनको भनाइ थियो।

यसैगरी, नाट्यकर्मी तथा पद्मश्री विजेता रीता गांगुलीले नाटकको तारिफ गर्दै दुई शब्द बोल्छु भन्दै वाह वाह गरेकी थिइन्। निर्देशक सुवेदीले नाटकलाई प्राप्त प्रतिक्रियासँगै नाटकको माध्यमबाट दुई देशलाई जोड्ने काम पनि भएकाले आफ्ना लागि यो विशेष भएको बताए। नेसनल स्कुल अफ डझामाबाटै १० वर्षअघि ग्रयाजुएट भएका उनले आफू अन्तिमपटक कलाकारको रुपमा चढेको स्टेजमा निर्देशक भएर आउँदा नोस्टाल्जिक भएको बताए। ञम जुन स्टेजमा कलाकारको रुपमा यो ठाउँबाट बिदा भएको थिएँ, आज त्यही ठाउँमा निर्देशकको रुपमा नाटक लिएर आउन पाउँदा अरुभन्दा पनि नोस्टालजिक बढी भएको छु। योसँगै नाटकमार्फत् नेपाल भारत सहकार्यको जुन संगम भयो, यसले आगामी दिन सांस्कृतिक रुपमा यो सम्बन्ध दिगो बनाउन थप काम गर्ने बोटो खोल्ने कुरामा विश्वस्त छु उनले भने।

नाटकभित्र अनुराधा मजुमदारलाई मञ्चमा साजन सुनुवार र प्रजित बस्यालले साथ दिएका थिए भने जेनी सुनुवारले सहायक निर्देशन गरेकी थिइन्। चक्र पुलामीले प्राविधिक रुपमा साथ दिएका थिए। नाटक लेखनमा निर्देशक सुवेदीलाई सुरज सुवेदीले साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्