ट्रेलरमा बहाब



आगामी चैत २४ गते अल नेपाल रिलीज हुने फिल्म बहावको ट्रेलर सार्वजनिक गरिएको छ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतिमा निर्मित फिल्मको टझेलर हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो। प्रमोद कँडेलको लेखन र निर्देशनमा बनेको फिल्ममा अभिनेता कमलमणि नेपाल र अभिनेत्री सुरक्षा पन्त प्रमुख भूमिकामा छन्। फिल्मको टझेलरमा सुरक्षालाई प्रेमी, विद्रोही र पागलपन भावमा देखाइएको छ। काम र विदेश जानुभन्दा पनि क्रान्ति गर्ने सोच सुरक्षामा देखाइएको छ। जिज्ञासा, विचार अनि यथार्थको कथालाई प्रमुख विषय बनाइएको फिल्मको टझेलर सुरक्षा वरपर घुमेको छ। अभिनेत्री पन्तले बहाबमा जोडिनु आफैंका लागि सुखद क्षण भएको बताइन्। कुनै फिल्म आउँछन्, जान्छन्। तर, यो फिल्मका लागि मेरो बुझाइ फरक छ। किनकि यस्तो फिल्म दर्शकमाझ आउनुपर्छु, सुरक्षाले भनिन्, ञबहाव परिवारभित्रको विद्रोहको कथा हो। यसले नेपालको अधिकांश परिवारको कथा भन्छ।

लेखक तथा निर्देशक कँडेलले बहाव लकडाउनको बेलामा लेखिएको बताए। ञयो फिल्मसँग जोडिएका घटना, किस्सा धेरै छन्। तर, जुन कथा मैले लेखे, त्यसमा निर्माता श्रीधर पौडेल सहमत हुनु मेरा लागि ठूलो उपलब्धि थियो। हामी सुटिङका लागि चितवन जाने तयारी गरिरहँदा निर्माता श्रीधर पौडेलको बोली अस्वस्थताका कारण रोकियो। त्यस्तो तनावको अवस्थामा पनि उहाँले मलाई पूर्णरुपमा विश्वास गरेर सबै जिम्मेवारी दिनुभयो उनले भने। निर्माता श्रीधर पौडेलले निर्देशक कँडेलको कथाबाट प्रभावित भएपछि आफू लगानी गर्न राजी भएको खुलाए। उसको स्क्रिप्ट फरक लाग्यो। मैले यसअघि फरक कथाको गोपी बनाएको थिएँ। त्यही कारण बहावको कथाले मलाई छोयो, श्रीधरले भने।

फिल्ममा कमलमणि र सुरक्षासँगै अफरान अली, सूर्य शर्मा भद्म, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन्। आरआर फिल्मसले वितरण गर्ने फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सज्जा चौलागाईंको स्वर, कार्तिकेय स्मिता कर्नाटकको छायांकन र सुजन बडालको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्