द भ्वाइस किड्स नेपाल फागुन २६ बाट



गायन रियालिटी सो द भ्वाइस किड्स नेपाल सिजन २ को प्रसारण आगामी २६ गतेबाट हुने भएको छ।

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि कार्यक्रम प्रसारण हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी गराए। सधैँझैं यसपटक पनि पहिलो एपिसोडदेखि ब्लाइन्ड अडिसन एपिसोड प्रसारण हुनेछन्। डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन्। ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाको सांगीतिक यात्रा त्यही विन्दुबाट शुरु हुनेछ। हरेक कोचको टिममा छानिएका १२ प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन्।

यसपटक भ्वाइसको टिमले कोचमा परिवर्तन गरेको छ। टिममा गायक सुशान्त केसी नयाँ कोचका रुपमा भित्रिएका छन्। यसअघिका कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार पनि भ्वाइस किड्स सिजन–२ मा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्