बुधबार सुनचाँदीको मूल्य बढ्याे, प्रतितोला कति पुग्यो ?



काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले फागुन ७ गतेयता सुनको मूल्य बढेको जानकारी दिएको हो । ७ गते यता बजारमा सुनको मूल्य निरन्तर घटिरहेको थियो ।

उक्त मितिमा नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँ थियो । जबकि, हिजो मंगलबारसम्मको अवधिमा छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा आइपुगेको थियो ।

आज बुधबार भने सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । यससँगै, सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । आज १० दिनपछि बल्ल सुनको मूल्य बढेको हो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १ हजार २७० रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्