कथा आफैँ बोल्छलाई मुम्बईमा ३ अवार्ड



भारतको मुम्बईमा हालै सम्पन्न बाबासाहेव डा. बिआर अम्वेडकर अन्तरर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल २०२३ मा नेपाली सर्ट फिल्म कथा आफै बोल्छले तीन विधाको अवार्ड चुमेको छ। सो सर्ट फिल्मले फेस्टिभलमा उत्कृष्ट लेखन, ध्वनी र कोरियोग्राफी गरी तीन विधाको अवार्ड चुम्दै मेडल प्राप्त गरेको हो। फेस्टिभलमा उत्कृष्ट छनोटमा परेका पाँच फिल्म गत फागुन ९ र १० गते मुम्बईमा प्रदर्शन गरिएको थियो।

मनमैजु सांस्कृतिक समाजको ब्यानरमा कलाकार तार केसीद्वारा निर्मित सामाजिक कथामा आधारित कथा आफैं बोल्छमा लेखन डा. कमलराज शर्मा, निर्देशन सुनील पाण्डे र तारा केसी, छायाकंन हरि हुमागाईं र सम्पादन निमेष श्रेष्ठको रहेको छ भने मुख्य भूमिकामा तारा केसी र उषा भुसाललगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्