एकता बाख्रा पालन समूहलाई एक सय ५० बाख्रा 



लमजुङ। 

बेसीशहर नगरपालिकाले वडा नं. १० का कृषक समूहलाई बाख्रा वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन अन्तर्गत नगरपालिकाले चालु आर्थिक वर्षको पकेट क्षेत्र विकास कार्यक्रमबाट एकता बाख्रापाला समूहलाई एक सय ५० वटा बाख्रा वितरण गरेको हो ।

किसानहरूको आर्थिक जीवनस्तरमाथि उठाउनका र व्यावसायिक बाख्रा पालनलाई प्रोत्साहन गर्नका लागि नगरपालिकाले सिनाल जातका बाख्रा वितरण गरिएको नगरप्रमुख गुमान सिंह अर्यालले बताउनु भयो । पकेट क्षेत्र विकासका लागि नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको नगरप्रमुख अर्यालको भनाई छ ।

पालिकाले समूहमा आबद्ध २२ जना कृषकलाई बाख्रा वितरण गरिएको पशु तथा मत्स्य विकास शाखाका पशु चिकित्सक सन्दीप विष्टले जानकारी दिनुभयो । कृषकहरूको मागलाई सम्बोधन गरेर बाख्रा उपलब्ध गराई दिएकोमा एकता बाख्रा पालन समूहका अध्यक्ष सोमराज तामाङले खुसी व्यक्त गर्नुभयो । उहाँका अनुसार हाल एकता समूह फार्ममा १२ सय वटा बाख्रा छन् ।

त्यसैगरी नगरपालिका उपप्रमुख पद्यमा गुरुङले सिनाल जातका बाख्रा वितरणपछि बेसीशहर नगरपालिका १० मा बाख्राको प्रवर्द्धन हुन्छ भन्ने नगरपालिकाको उद्देश्य रहेको र बाख्रा प्रवर्द्धन कार्यक्रमलाई आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्ने गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

एक कार्यक्रमकाबीच नगरपालिका प्रमुख गुमनसिंह अर्यालले समूहलाई बाख्रा वितरण गर्नुभएको हो । समूहमा उत्पादन भएका भेडाबाट पालिका तथा पालिका बाहिरा भेडाको मासु उनको पूर्ति तथा दूधबाट विभिन्न परिकार बनाई बेचेर आयआर्जन गर्न सकिने भएकाले किसानका लागि फलदायी हुने नगरपालिकाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्