शिल्पाले छविको आधा सम्पती पाउने, आधा ऋण तिर्नुपर्ने



निर्माता, वितरक तथा प्रदर्शक छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच कानुनी रुपमा सम्बन्ध विच्छेद भएको छ।

काठमाडौं जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दाको सुनुवाइ गर्दै आइतबार अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला गरेको हो। न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले गरेको पैmशलामा ओझालाई अंशबण्डा नभएसम्म मानापाथी भर्न आदेश दिइएको छ। आदेशानुसार छविले आधा सम्पत्ति शिल्पालाई दिनुपर्नेछ भने अंशबण्डा नहुन्जेलसम्म मासिक रुपमा मानाचामल भर्नुपर्नेछ। त्यसै गरी शिल्पा छविसँग हुँदा उनलाई लागेको ऋणको आधा हिस्सा शिल्पाले व्यहोर्ने पर्नेछ। छविले अदालतलाई दिएको विवरणअनुसार उनको काँधमा २० करोडभन्दा बढी ऋण छ। छविको आधा सम्पत्तीबाट ऋणको आधा रकम कटाएर शिल्पाले सम्पती पाउने छिन्। अदालतले छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा भने उनीसँग पहिले नै सम्बन्ध विच्छेद भएको भन्दै खारेज गरिदिएको छ।

शिल्पाले फैसलाप्रति समाजिक सञ्जालमा खुसी ब्यक्त गरेकी छन्। सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझाविरुद्धको मेरो मुद्दामा मलाई जिताउने सम्पूर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेको छु, शिल्पाले फेसबुकमा लेखेकी छन्

नासै रोग हरै सब पीरा ।
जपत निरंतर हनुमत बीरा ।।
संकट तें हनुमान छुडावै ।
मन क्रम बचन ध्यान जो लावै।।

प्रतिक्रिया दिनुहोस्