परस्त्री असारमा



अभिनेता सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्मित फिल्म परस्त्री आगामी असार १५ गते रिलिज हुने भएको छ।

कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारले अभिनय गरेको फिल्मको रिलिज यसअघि कात्तिक ६ र फागुन १९ को लागि तोकिएको थियो। प्राविधिक कार्य सम्पन्न नभएकाले फिल्मको रिलिज २०८० सालको लागि तय गरिएको निर्माण पक्षले जानकारी गराएको छ। विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो।

डीएस डिजिटलको ब्यानरमा दीपेन्द्र के खनाल र शर्मिला पाण्डेद्वारा निर्मित फिल्ममा लेखन दिपेन्द्र के खनाल र छायांकन नीरज पाण्डेको रहेको छ।

प्रतिक्रिया दिनुहोस्