धिरजको ज्याकी अवतार



रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ज्याकीः आई एम ट्वान्टी वानको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य नायक धीरज मगरलाई मात्र प्रस्तुत गरिएको छ। सार्वजनिक पोस्टरमा धिरज मगरको दोहोरो अवतार प्रस्तुत गरिएको छ। एकातिर, उनी लाहुरेको पोसाकमा देखिएका छन् भने अर्कोतिर डान्सरको रुपमा देखिएका छन्।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म आगामी वर्षको वैशाख २१ गतेबाट रिलिज हुँदैछ। प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराद्वारा निर्मित फिल्ममा रोहित शाक्य र कालीप्रसाद बास्कोटाको संगीत, द वाइल्ड रिप्पर्ज क्रुको कोरियोग्राफी र सुशन प्रजापतिको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्