दोहोरी प्रतिष्ठानको अध्यक्षमा रीता



राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनले अध्यक्षसहितका शीर्ष पदाधिकारीमा निर्विरोध निर्वाचित गरेको छ।

धादिङबेसीमा सम्पन्न महाधिवेशनबाट रीता थापा मगर सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएकी छन् भने पशुपति शर्मा वरिष्ठ उपाध्यक्ष, रामजी खाँण प्रथम उपाध्यक्ष र राधिका हमाल महिला उपाध्यक्षको रुपम निर्वाचित भएका छन्।

त्यस्तै, उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भद्मराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा, खुल्ला सचिवतर्फ देवी घर्ती, युवराज मगर र महेन्द्र गौतम, सहकोषाध्यक्षमा सम्झना लामिछाने र ईश्वरीप्रसाद भुसाल निर्वाचित भएका छन्।

त्यसैगरी महिला सदस्यतर्फ सम्झना भण्डारी, कला लम्साल, उषा सुवेदी, करिश्मा ढकाल, स्मृति तिमिल्सना, जालुमाया गुरुङ र सुशीला गौतम, खुल्ला सदस्यतर्फ शान्तिश्री परियार, रविन लामिछाने, खेम सेन्चुरी, मनमाया वाइवा, कुमार पुन मगर, रीना थापा मगर, प्रकाश भद्म, सुजन लम्साल, पुरुषोत्तम भण्डारी, श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बालचन्द्र बराल, दिनेश काप्mले, कुशल बेल्वासे र रेशम निर्दोष निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्