नेफ्टामा नयाँ कार्यसमिति



नेपाली फिल्म जगत्मा पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघ (नेप्mटा) मा पुनः पुष्कर लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

बिहीबार काठमाडौंमा सम्पन्न संघको बीसौं साधारणसभाले अध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्विरोध निर्वाचित गरेको छ भने अन्य पदका लागि निर्वाचन भएको छ।

संघको उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल र अर्जुनप्रसाद पोखरेल निर्वाचित भएका छन् भने सचिवमा श्यामकुमार बराल तथा सदस्यहरुमा नवराज उप्रेती, लालसिंह थोकर, विनोद सुवेदी, गोपाल राय, विजय बस्याल, ईश्वर घिमिरे, रीतु राना, मनोज जोशी, अजय रेग्मी, नारायण गुरुङ र विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्