अग्रज लोकगायक न्यौपाने  सम्मानित



धादिङ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ८ औँ केन्द्रीय महाधिवेशनको अवसरमा अग्रज लोकगायक पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगदसहित महाधिवेशन उद्घाटनका अवसरमा न्यौपानेलाई अग्रज स्रष्टा सम्मान गर्नुभएको थियो ।

लोकबहादुर क्षेत्री स्मृति सम्मानबाट चन्द्रकला शाहलाई १५ हजार ५ सय १५ रुपैयाँ नगद सहित सम्मान पत्र ले सम्मान गरिएको छ भने लोक पत्रकारिता सम्मानबाट पत्रकार नरहरि न्यौपानेलाई १५ हजार ५ सय १५ रुपैयाँ सहित सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्