दयाहाङ र प्रकृतिको बिहे पास टिजरमा



दयाहाङ राई र प्रकृति श्रेष्ठले जोडी बाँधेको फिल्म बिहे पासको टिजर सार्वजनिक गरिएको छ।

साढे एक मिनेटको टिजर बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो। टिजरमा दयाहाङ र प्रकृति पति पत्नीको रुपमा देखिएका छन्। प्रकृति सरकारी अधिकृत र दयाहाङ सरकारी जागिरको खोजीमा मरिमेटेको टिजरमा देखाइएको छ। आरआर फिल्म प्रोडक्सनको ब्यानरमा रोजन श्रेष्ठद्वारा निर्मित फिल्म प्रवेश पौडेलले निर्देशन गरेका छन् भने दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन्।

आगामी वैशाख १ गते रिलिज हुने फिल्ममा मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा, आकाश र सजनको पटकथा र सम्वाद, प्रवेश मल्लिकको संगीत, डीपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत, रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन र मित्र गुरुध्रको सम्पादन रहेको छ। पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको फिल्म मारोहित कद्मेलको प्रस्तुतिमा बनेको हो भने रत्न श्रेष्ठ कार्यकारी निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्