बिहीबार सुनकाे मूल्य घट्याे : प्रतिताेला कति पुग्याे ?



काठमाडौं

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलामा १ लाख २ जहार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १२९५ रुपैयाँमा कारोबार हुँदा बिहीबार घटेर १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्