नेपाल भाषाको अवार्डमा मदनकृष्णलाई लाइफटाइम अचिभमेन्ट



दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डस २०७९ हालै राजधानीमा सम्पन्न भएको छ।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा गीत संगीतको रचनादेखि म्युजिक भिडियोसम्मका ३२ विधामा अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई नगद २५ हजार रुपियाँसहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।

त्यसैगरी, संगीतकार रत्न बेहोसी, कलाकार नगीना जोशी, सुशील राजोपाध्याय, गायक पवित्र कसाः, संगीतकार गोविन्द ह्युमत, जुगल डंगोल, निर्देशक तथा कलाकार रामकृष्ण खड्गीलगायतलाई संसार सप्तरंगी कला सम्मानबाट सम्मानित गरिएको थियो।

कार्यक्रममा यसै वर्ष थप गरिएको संसार तेज स्मारक कला सम्मानबाट सिने पत्रकार श्याम स्मृत, निर्देशक पवन जोशी, संगीतकार मनराजा नकःमि, गायिका निशा देशँर र सञ्चार गृह लहना मिडियालाई सम्मानित गरिएको थियो भने खोकनाको कुटुपुखु भजन खलः बाट सिर्जना भएको गीत सालुगु गाचा समूह र खोकनाका कलाकारलाई संसार खोकना कला सम्मानबाट सम्मानित गरिएको थियो।

त्यस्तै, अवार्डका लागि दर्ता भएको गीत, सबैभन्दा बढी भिडियो निर्देशन तथा कोरियोग्राफी गर्ने आराध्यालक्ष्मी खड्गी, युट्युबमा सबैभन्दा बढी भ्युज भएको गीत राजमति कुमति गायिका भर्सन र सबैभन्दा बढी गीत अपलोड भएको युट्युब च्यानल ज्योति रेकर्ड्सलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा य बाः य बाः बोलको गीतबाट शैलेश शाक्यलाई सर्वोत्कृष्ट गीत रचना, मतिना फसं दायाः बाट पूर्णकाजी ज्यापुलाई गीत रचना (जुरी), चसक्क मिन थ्व नुगः बाट न्हुछेकाजी महर्जनलाई गीत रचना (इनकरेजमेन्ट), अय् मयजुबाट सुन्दर श्रेष्ठलाई गीत रचना (पब्लिक च्वाइस) जोवनया रंगबाट हरिशरण सायमीलाई संगीत संयोजन, प्रेमया नसाबाट बुद्ध सायमीलाई संगीत संयोजन (जुरी), लिफः लिफः बाट फिरोज बज्राचार्यलाई संगीत संयोजन (इनकरेजमेन्ट), मां छन्त लुमंकाच्वनाबाट भूपेन्द्र बज्राचार्यलाई संगीत संयोजन (पपुलर), बल्छी तयाः मन जिगुबाट सुरेन्द्र श्रेष्ठलाई संगीतकार, अयलाः गुलुबाट अनिल तुलाधरलाई संगीतकार (जुरी), व मनू सु मनूबाट भुवन महर्जनलाई संगीतकार (इनकरेजमेन्ट), छु जुल रेबाट जीवित जल्मीलाई संगीतकार (पपुलर) र भुतिमालि बापाःत्याः बाट राजकुमार मानन्धरलाई संगीतकार (पब्लिक च्वाइस) को अवार्ड प्रदान गरियो।

त्यसैगरी, अय् मयजुबाट सतिश महर्जन गायक, जिगु मतिनायाबाट शैलेन्द्र तुलाधर गायक (पब्लिक च्वाइस), मूसःगु अयलाः बाट राजेन्द्र श्रेष्ठ गायक (इन्करेजमेन्ट), नखः पत्तिंबाट बिआर संगम गायक (बहु धार), यः माबाट एरोन महर्जन गायक (जुरी), जोवनया रंगबाट कविता जोशी श्रेष्ठ गायिका, भिन्तुना भिन्तुनाबाट तेजवती जोशी गायिका (जुरी), सुइकाः बाट सबिता मालाकार गायिका (इनकरेजमेन्ट), बल्छी तयाः मन जिगुबाट सिध्दार्थ बज्राचार्य नवोदित गायक, छंगु हे खँ ला खः बाट मुकेश शाक्य नवोदित गायक, अप्सरा थें च्वंबाट अमोघ वीर बज्राचार्य नवोदित गायक (पपुलर), बल्छी तयाः मन जिगुबाट रेजिना बज्राचार्य नवोदित गायिका, प्रेमया नशाबाट सबिना मानन्धर नवोदित गायिका (जुरी), छंगु लँबाट कल्पना श्रेष्ठ नवोदित गायिका (पपुलर), अय् मयजुबाट शुद्धलक्ष्मी श्रेष्ठ नवोदित गायिका (जुरी), चसक्क मिन थ्व नुगः बाट राजेन्द्र शाक्य उदीयमान गायक, छ लुइवं हे जीवनबाट विरज महर्जन उदयीमान गायक, धुकूपिकू क्यने छन्तबाट ताराराम मुनंकर्मी उदीयमान गायक (इनकरेजमेन्ट) र गन छु द्वनबाट जितेन शाक्य उदीयमान गायक (पपुलर) विधाको अवार्ड विजेता भए।

त्यस्तै, दुनुगलंनिसें ल्यःम्हबाट सुरज नापित मोडल, सुलाः सुलाः वाबाट सुरज व्यञ्जनकार मोडल (जुरी), मूसःगु अयलाः बाट किशोर चिपालु मोडल (पपुलर), चरित्र भूमिकातर्पm व मनू सु मनूबाट लक्ष्मी कुमार महर्जन मोडल, दुःख दुःखबाट सविन शाक्य मोडल (जुरी), मां छन्त लुमंकाच्वनाबाट सुनीता श्रेष्ठ मोडल (पपुलर), लमि तताबाट ध्रुव कपाली मोडल (पब्लिक च्वाइस), अयलाःगुलुबाट तीर्थ अवाले मोडल (इन्करेजमेन्ट), मयः जितः बाट रोजिना सुवाल मोडल, य बाः य बाः बाट भिन्तुना जोशी मोडल (जुरी), खनागु छन्त जिं गनबाट आराध्या लक्ष्मी खड्गी मोडल (पपुलर), मुसुमुसु न्हिलाः वःम्हबाट अनुज शाक्य नवोदित मोडल, छंगु लँबाट रवीन्द्र शाही नवोदित मोडल (जुरी), अप्सरा थें च्वंबाट अमोघवीर बज्राचार्य नवोदित मोडल (पपुलर), ख्वा छंगु गुलि बांलाःबाट बिन्दे महर्जन नवोदित मोडल (पब्लिक च्वाइस), छन्त नापलाय् सातकिबाट न्यान्सी महर्जन नवोदित मोडल, छ लुइवं हे जीवनबाट सृष्टि महर्जन नवोदित मोडल (पपुलर), छंगु हे खँ ला खःबाट मञ्जिल शाक्य परिकल्पना÷कला÷सह–निर्देशन, छन्त जिगु माया मदुलाबाट दर्शन वीर शाक्य भिडियो निर्देशक (परिकल्पना), लमि तताबाट सुरेन्द्र मानन्धर भिडियो निर्देशक (जुरी), मां छन्त लुमंका च्वनाबाट सुरेन्द्र तुलाधर भिडियो निर्देशक (पपुलर), छन्त जिगु माया मदुलाबाट राजन शाही उदयीमान भिडियो निर्देशक, अय् मयजुबाट राम श्रेष्ठ भिडियो निर्देशक (पब्लिक च्वाइस), व मनू सु मनबाट रजिन महर्जन भिडियो निर्देशक (जुरी), य बाः य बाः बाट रवि सायमी भिडियो निर्देशक, खनागु छन्त जिं गनबाट सुरज महर्जन भिडियो निर्देशक (जुरी), छंगु हे खँ ला खःबाट विश्वास वज्राचार्य भिडियो निर्देशक (पपुलर), य बाः य बाः बाट शैलेश शाक्य म्युजिक भिडियो, अयलाःगुलुबाट अनिल कुमार महर्जन भिडियो सम्पादन, यः मै धयाब्युबाट बालकृष्ण वंशी भिडियो सम्पादन, त्वःते मखु जिंबाट सोहन मानन्धर छायांकन, जोवनया रंगबाट लुःजः सिंह छायांकन (जुरी), अयलाःगुलुबाट मोहन कुमार झिल्लु छायांकन (गैर नेवारी), बल्छी तयाः मन जिगुबाट राजीव वज्राचार्य नृत्य निर्देशक, श्याम सुन्दरबाट स्वजन रघुवंशी नृत्य निर्देशक (जुरी) विधाको अवार्ड विजेता भए।

कार्यक्रममा नेपाल भाषाका गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्