झिल्के एन्ड द कम्पनीको पन्छीहरू



पंक रक ब्यान्ड झिल्के एन्ड द कम्पनीले नयाँ गीत पन्छीहरूको म्युजिक भिडियो सार्वजनिक गरेको छ।

गीतमा स्टिभ देवानको स्वर छ। ब्यान्डमा डझम्समा दिप्सन केसी र बेस गितारमा विशाल हाध्र राई पनि छन्। तीन वर्षदेखि नेपाली रक संगीत क्षेत्रमा सक्रिय झिल्के एन्ड द कम्पनीको भिडियोमा प्रनब केसीको निर्देशन र पीभीई नेटवर्कको प्रवद्र्धन छ।

भिडियोमा प्रणव केसी र शुभेक्षा पौडेल फिचर्ड छन्। सध्र्गम राईको छायांकन रहेको भिडियोमा रवि गुभाजुको सहायक छायांकन, गणेश सिंह ठकुरीको गाफर, प्रणव केसीको सम्पादन, सञ्जीव रत्न शाक्यको कलर, अनमोल थापाको ब्याकग्राउन्ड स्कोर र दिभेस मुल्मीको मिक्सिध्र तथा मास्टरिध्र छ।

गीत झिल्के फायर इपीमा संग्रहित छ। गीतमा नौलो संगीत, सरल शब्द र मुखमा झुन्डिने लय राखिएको छ। झिल्के एन्ड द कम्पनीका गीत युट्युब, स्पोटीफाई, एप्पल म्युजिकजस्तै सबै स्टिझम प्लेटफर्ममा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्