प्रेमाको मन मनमा



आगामी चैत १७ गते रिलिज हुने फिल्म प्रेमाको रोमान्टिक गीत मन मनमा सार्वजनिक गरिएको छ।

गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द रचना तथा सुशान्तकै संगीत छ। गीतको भिडियोमा फिल्मका प्रमुख दुई पात्र अरुण क्षेत्री र शुभेक्षा खड्का फिचर्ड छन्। वसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धजस्ता आकर्षक पर्यटकीय क्षेत्रमा छायांकन गरिएको गीतमा अरुण र शुभेक्षाबीचको टुसाउँदै गरेको प्रेमदेखि विकसित प्रेम देखाइएको छ। गीतमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठलाई पनि प्रस्तुत गरिएको छ। गीतका अधिकांश दृश्यमा मठ मन्दिरस™गै काठमाडौं उपत्यका समेटिएको छ। अरुण र शुभेक्षालाई फिल्मका लेखक तथा निर्देशक गोविन्द सिंह भण्डारीले शारीरिक हाउभाउ र आँखा आँखाबीचको हेराइमार्फत प्रेम अभिव्यक्त गराएका छन्।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म प्mयाक्टझीको ब्यानरमा निर्माण गरिएको हो। फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) लगायतले अभिनय गरेका छन्। निर्देशक भण्डारीका अनुसार फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्छ। गोविन्द सिंह भण्डारी र विवेक घिमिरेद्वारा निर्मित फिल्ममा सामर्थविक्रम थापा कार्यकारी निर्माता रहेका छन्। सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत, महेश पौडेलको डीओपी र कृष्ण भण्डारीको सम्पादन रहेको फिल्म उपत्यकामा जीजीए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दै छ।

प्रतिक्रिया दिनुहोस्