टर्की र सिरियाका भूकम्प पीडितलाई सन्नीको सहयोग



पूर्वक्यानेडियन पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनीले सिरिया र टर्कीका भूकम्प पीडितका निम्ति सहयोगको हात बढाएकी छन्।
सन्नी र उनका पति डेनियल वेबरले सिरिया र टर्कीका भूकम्प पीडितका लागि आफ्नो कस्मेटिक ब्रांन्डको कमाइको १० प्रतिशत हिस्सा सहयोगका निम्ति दान गर्ने निर्णय गरेका हुन्।

भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्ने क्रममा सन्नीले आपतमा परेका व्यक्तिहरुको लागि सहयोगको हात फैलाउनु आवश्यक रहेको र आफूहरुले पनि त्यसमा केही सहयोग गर्ने फैसला लिएको बताइन्। त्यस्तै, उनले भूकम्पबाट ज्यान जोगाएका व्यक्तिहरुको जीवन पुननिर्माणमा सबैले सहयोग गर्न अपिल गरिन्।

यसभन्दा अघि अभिनेत्री प्रियंका चोपडाले पनि सहयोगका लागि सबैसँग आग्रह गरेकी थिइन्। गत ६ फेब्रुअरीमा आएको ७ंं दशमलव ८ रेक्टरको भूकम्पका कारण टर्कीमा ४० हजारभन्दा बढी तथा छिमेकी राष्टझ सिरियामा करिब ६ हजार मानिसको निधन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्