राखी र शर्लिनको दुश्मनी दोस्तीमा बदलियो



बलिउड फिल्म जगतमा कतिपय अभिनेत्रीको दुश्मनी र चर्चाको किस्सा चलिरहन्छ। मित्रता निभाउन सफल रहेका अभिनेत्रीहरु दुश्मनी साँध्न पनि उत्तिकै माहिर छन्।

एक पटकको दुश्मनीपछि एक अर्काको अनुहारसमेत हेर्न नचाहने अभिनेत्रीको सूची लामै छ। अभिनेत्री राखी सावन्त र शर्लिन चोपडाको हकमा भने यो सिद्धान्तले फेल खाएको छ। पछिल्लो समय बलिउड अभिनेत्रीको दुश्मनीको चर्चा थियो, जहाँ राखी र शर्लिनको नाम पहिलो नम्बरमा आउँथ्यो। तर, अब एक अर्काका कद्मर दुश्मन उनीहरु मित्र बनेका छन्।

सामाजिक सञ्जालमा अहिले राखी र शर्लिनको एक भिडियो भाइरल छ, जहाँ शर्लिन राखीलाई फूल दिएर गालामा चुम्बन गरिरहेको देखिन्छिन् भने अर्को एक भिडियोमा भने राखी र शर्लिनसँगै बसिरहेको देखिन्छन्। एक पत्रकार भेटघाटमा सँगै प्रस्तुत भएका राखी र शर्लिनले एक अर्काको खुलेर प्रंशसा गरेका छन् भने एक अर्काको साथ सुख दुःख पनि बाँडेका छन्। उनीहरुबीच पछिल्लो समय राखी र उनको पति एवम व्यापारी आदिल खान दुर्रानीबीच चर्किरहेको विवादको विषयमा कुराकानी भएको छ।

उक्त भेटमा शर्लिनतिर हेर्दै राखीले भनेकी छन् प्रेम गर्दागर्दै मैले विवाह गरेँ। केही बुझ्न सकेकी छैन। सबै बर्बाद भयो। राखीको कुरा सुनेर शर्लिन भन्छिन् राखी र मेरो कुराकानी ९ फेब्रुअरीमा भएको थियो। मैले राखीलाई सोधें कि तिमीले आफ््नो जीवनको राजकुमार पाएका छौ। तिमी किन खुसी छैनौं? तर, मलाई थाहा भयो कि यिनको राजकुमार त दुनियाँको सबैभन्दा ठग रहेछन्, जसले कति महिलाका साथ गलत काम गरे होलान्?

सधैं एक अर्काको बारेमा कुरा काट्दै हिँड्ने उनीहरुको यो दोस्ती देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले भने नौटंकीको संज्ञा दिएका छन्। केही समयअघि राखीले शर्लिन पोर्नस्टार भएको अभिव्यक्ति दिएकी थिइन् भने शर्लनले पनि राखीको बारेमा विभिन्न नकारात्मक टिप्पणी गर्दै आइरहेकी थिइन्। पछिल्लो समय राखीको वैवाहिक सम्बन्धमा दरार उत्पन्न भएपछि उनीहरु सँगै देखिएका हुन्।

राखीले पति आदिललाई विवाहहेत्तर सम्बन्ध र ठगीको आरोप लगाएपछि पक्राउ परेका आदिलमाथि एक इरानी महिलाले पनि बलात्कारको आरोप लगाएकी छन्। आदिलले आफूलाई बलिउडमा नाम कमाउनका लागि प्रयोग गर्नुका साथै आफूलाई शारीरिक र मानसिक रुपमा दुव्र्यवहार गरेको राखीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्