प्रकाश र मीनाको वैंश सार्वजनिक



गायक गायिका प्रकाश सिंह र मीना निरौलाद्वारा स्वरबद्ध गीत वैंश सार्वजनिक भएको छ।

रोमान्टिक शैलीको सार्वजनिक गीतमा प्रकाश सिंहको शब्द रचना र संगीत रहेको छ। गीतमाथि रोमान्टिक शैलीको भिडियो पनि निर्माण गरिएको छ। गीतमाथि बनेको भिडियोमा विकास लामिछाने र उषा उप्रेतीले अभिनय गरेका छन्।

म्युजिक भिडियो विक्रम चौहानले निर्देशन गरेका छन् भने प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्