प्रविशाको परिचय



गायिका प्रविशा अधिकारीद्वारा स्वरबद्ध परिचय : एउटा कथा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतकार नमिता दवाडीद्वारा रचयित गीतमा ज्ञानेन्द्र गिरीको संगीत र विशाल निरौलाको एरेन्ज रहेको छ।

गीतको भिडियोले पुरुष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगीको अस्तित्वको खोज र जीवन संघर्षको कथा देखाएको छ। समाजमा तेस्रो लिंगीहरुले भोग्नुपरेको पीडा र हेयको दृष्टिमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डा. रमिल अधिकारी र कविता रेग्मीले अभिनय गरेका छन्। प्रकाश धितालले निर्देशन गरेको भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहालको छ। गीत गीतकार दवाडीकै युट्युब च्यानल नमिता दवाडी अफिसियलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्