सुनचाँदीकाे मूल्य बढ्यो, प्रतिताेला कति पुग्याे ?



काठमाडाैं  ।

 नेपाली बजारमा आज सुनचाँदीकाे  मूल्य बढेको छ । सुन प्रतितोला चार सय रुपैयाँ र चाँदी ५ रुपैयाँका दरले बढेको हाे  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार प्रतितोला एक लाख चार हजारमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी अघिल्लो कारोबार दिनमा प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज आइतबार भने प्रतितोला चार सय रुपैयाँले बढ्दै एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

पाँच रुपैयाँले बढेको चाँदीको भाउ नेपाली बजारमा आइतबार प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम छ । यसैगरी अघिल्लो कारोबार दिनमा चाँदी एक हजार दुई सय ९० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्