व्यवसाय टिक्यो भने राम्रो टयाक्स तिर्न सकिन्छ : शम्भु श्रेष्ठ



रामेछापस्थित गाउँमै दुःख सुख सहेर सात कक्षासम्म पढेपछि चरम आर्थिक अभावका कारण पढाइ छोडेर कामको खोजीमा काठमाडौं पसेका शम्भु श्रेष्ठ सफल व्यवसायीका रूपमा स्थापित छन्। कलिलो उमेरमै बुबाआमाको न्यानो काख छोडेर काठमाडौं विभिन्न स्थान चहार्दै थुप्रै रेस्टुरेन्टमा कहिले भाँडा माभ्mने त कहिले वेटरदेखि कुकसम्मको काम गर्दा गर्दै रेष्टरेन्ट व्यवसाय गरेका शम्भुले नयाँ बानेश्वरमा आप्mनै जग्गा जमिन जोडी आलिसान बंगला खडा गरेर इन्द्रेणी कम्प्लेक्स नाम दिई एकै छानामूनि रेस्टुरेन्ट, ब्यांक्वेट हल, लाउञ्ज, तारे होटल, स्पा, सलुनजस्ता व्यवसायलाई एकसाथ अघि बढाउँदै आएका छन्। रेस्टुरेन्ट र ब्यांक्वेट व्यवसायसँगै फिल्म निर्माताका रूपमा फिल्म व्यवसायमा समेत प्रवेश गरेका उनले अभिनेता तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधनपछि भने अब कहिल्यै फिल्म निर्माण नगर्ने भएका छन्। किन? पढ्नुहोस्, रेस्टुरेन्ट र ब्यांक्वेटदेखि फिल्म व्यवसायसम्म जोडिएका इन्द्रेणी कम्प्लेक्सका अध्यक्ष तथा एमडी शम्भु श्रेष्ठसँग गरिएको कुराकानी ..

यो व्यवसायमा कसरी आबद्ध हुनुभयो?

रेस्टुरेन्टमा काम गरेको मान्छेले रेस्टुरेन्टभन्दा अरु विकल्प देख्दो रहेनछ। गाउँ छोडेर आएपछि केही त गर्नुपर्छ बिजनेस नै गर्छु भन्ने सोचेँ। काम गर्दै जाने क्रममा एक दाइले तिमी पनि केही गर भनेर सल्लाह र प्रेरणा दिनु भएपछि रेस्टुरेन्ट व्यवसाय शुरु गरेँ। २०४५ सालमा श्रीवीन्दप्रसाद आचार्यसँग मिलेर २०÷२० हजार लगानी गरेर बत्तीसपुतलीमा एक सय ८० स्क्वायरको स्थानबाट व्यवसाय सुरु गरेँ। त्यो तन्दुरी कबाब कर्नर अहिले पनि चलिरहेको छ। बत्तीसपुतलीपछि कुपण्डोल, थापाथली, टेकु्, न्युरोडलगायतका स्थानमा रेस्टुरेन्ट सञ्चालन गरियो।

कोभिडमा थला परेको रेस्टुरेन्ट व्यवसाय क्षेत्रको अवस्था अहिले कस्तो छ?

शुरुमा भूकम्प, त्यसपछि नाकाबन्दीले असर गरेको यो व्यवसायलाई कोभिडले धेरै असर पारेको छ। भूकम्प र नाकाबन्दीले खासै असर नपारे पनि कोभिडका कारण भने हामी सोचेको भन्दा धेरै पछाडि परेका छौँ। कोभिडले हामीलाई १० वर्ष पछाडि धकेलिदिएको छ। ६ महिना, एक वर्षयता चाहिँ केही रिकभर हुन थालेको छ।

तपाईं ब्यांक्वेट पनि सञ्चालन गरिर हनुभएको छ। ब्यांक्वेट त एउटा बिहेको सिजनले वर्र्षाैभरि पुग्छ रे नि?

वर्षमा सय दिन लगन हुन्छ, बाँकी दिन खाली हुन्छ। तर, विवाहको सिजन ब्यांक्वेटका लागि चाडपर्वजस्तै हो। अहिले त झन् बच्चाको न्वारन, पास्नीदेखि व्रतबन्ध, बर्थ डे जस्ता कार्य ब्यांक्वेटमा गर्ने फेसन जस्तै भएको छ। पहिले घरवरिपरि खाली ठाउँ, आँगन, कौसी आदि हुन्थ्यो। तर, अहिले स्पेस कम हुँदै जाँदा र साथी सर्कल बढ्दै जाँदा जुनसुकै यस्ता कार्य पनि बाध्य भएर होटल, ब्यांक्वेट र रेस्टुरेन्टमा गर्ने चलन बढेको छ। ब्यांक्वेटमा एक कल फोन गरेर मान्छे मात्रै गए पुग्ने र महिनौ ंअघि किनमेल गर्नेदेखि अन्य झन्झट गर्न नपर्ने भएकाले पनि हिजोआज यस्ता कार्य होटल, ब्यांक्वेट, रेस्टुरेन्टमा गर्ने चलन बढेको हो। वास्तवमा ब्यांक्वेटको कन्सेप्टको विस्तार नै हामीले गरेको भन्दा पनि हुन्छ। तन्दुरी कबाब कर्नरबाट व्यवसासय शुरु गरेपछि शाखा विस्तार गर्ने क्रममा थापाथलीमा रेस्टुरेन्ट खोलियो। ग्राहकले केही मान्छेका लागि घरमा गएर पाल हालेर भए पनि खानपिनको प्रोगाम गर्दिन प¥यो भनेर आग्रह गरेपछि हामीमा यो सोच आयो। त्यतिबेला ब्यांक्वेट खासै प्रचलनमा थिएन। २०५२ सालमा दिल्लीबाट टेन्टलगायत केही सामान ल्याएर घरघरमा टेन्ट, भाँडाकुँडा, चियर लगे र सर्भिस दिन सुरु ग¥यौं। हेर्दा हेर्दै जग्गा जमिन कम हुँदै गयो र मानिसहरू बाध्य भएर हो टलमा पार्टी गर्न थाले। ग्राहकले तपाईंहरूले हो टलमै सानो सानो टेन्ट राखेर भए पनि हल खोल्नुप¥यो भनेपछि २०५५ सालमा गैह्रीधारामा इन्द्रेणी पार्टी प्यालेस शुरु गरियो। त्यतिबेला बाँसैबाँस जोडेर त्यसलाई मुनिबाट कपडाको डिजाइन दिएर करिब ५५ सय स्क्वायरमा पण्डाल बनाएर हल शुरु गरे का थियौँ। त्यसपछि एउटै छातामुनि सबै सेवा र सुविधा दिनुपर्छ भनेर नयाँ बानेश्वरमा जग्गा लिई भवन बनाएर इन्द्रेणी फुडल्यान्ड शुरु ग¥र्यौँ र बिल्डिङको नाम पनि इन्द्रेणी कम्प्लेक्स राख्यौँ। अहिले महाराजगञ्ज, तिनकुने, इमाडोल, बानेश्वर गरी चार स्थानमा से वा दिइरहे का छौँ ।

कम्प्लेक्सभित्र रेस्टुरेन्ट र ब्यांक्वेटबाहेक अरु के–के छन्?

मेरो मल्टीकुजन रेस्टुरेन्ट खोल्ने इच्छा थियो। सोहीअनुसार इन्डियन तथा चाइनिज रेस्टुरेन्ट, कफीसप, सानोदेखि ठूलो संख्यामा मानिस अट्ने हल (ब्यांक्वेट), सेमिनार, कन्पे्रmन्स र मिटिङ हल पनि खोल्यौँ। एउटै छातामा आएपछि हालसालै फाइभ स्टारसरह लक्जरी रुम र सुविधासहित इन्द्रेणी स्विट होटल पनि सञ्चालनमा ल्याएकोछु। सातौँ र आठौँ तलामा बेभलाउन्ज छ। त्यस्तै, बेकरी तथा भेजका लागि बालाजी प्योरभेज रेस्टुरेन्ट, फिटनेस, स्पा, सलुन आदिको व्यवस्था छ। यहाँ छिरेपछि सबै कुरा एउटै छातामुनि उपलब्ध हुन्छ।

यो व्यवसायका जटिलता र समस्या के–के हुन्?

बजारको स्थिरता छैन। आज किनेको सामान भोलि पाइँदैन। कानुन नै त्यस्तो भनौँकि राजनीतिको कारण भनौँ तेल, मैदाजस्ता खाद्य पदार्थ गुणस्तरीय प्रयोग गर्रौँ भनेर आज ल्यायो भोलि त्यो ब्रान्डको सामान नै पाइँदैन। कर र बैकिङ सुविधाका कुरा पनि छन्। हामी व्यापार बिजनेस गरेर टिक्यौ भने हामीले पनि राम्रो ट्याक्स तिर्न सकिन्छ। राम्रो सेक्युरिटी, पार्किङको व्यवस्था गरिदिनुप¥यो। विदेशमा तीस फिटको सानो बाटोमा पनि स्पेस म्यानेज गरेर ठाउँ–ठाउँमा मज्जाले सीमित साधनको लागि पार्किङ दिएको हुन्छ। यहाँ त ठाउँ हुँदाहुँदै पनि पार्किङ दिइँदैन। चारवटा गाडी पार्किङ गरेर २० जना मानिस होटलमा आए भने मलाई मात्र नभई राज्यलाई पनि फाइदा हुन्छ। पार्किङको व्यवस्था घरवालाले मात्र होइन, राज्यले पनि गर्नुपर्छ।

नेपालीमा रेस्टुरेन्ट जाने कल्चर कस्तो छ?

मैले २०४५ सालमा रेस्टुरेन्ट व्यवसाय शुरु गर्दा पब्लिक धेरै थिएन र रेस्टुरेन्ट जाने खासै कल्चर पनि थिएन। त्यतिबेला, ४५ रुपियाँमा होल चिकेन र मःम चाउमिन ४ रुपियाँमा बेचिन्थ्यो, तैपनि ग्राहक न्यून हुन्थे। किनभने मानिससँग आयस्रोत पनि थिएन। अहिले भने जुनसुकै अवसर वा सुख र दुःख जुनसुकै मुडमा पनि रेस्टुरेन्ट जाने कल्चर बसेको छ। परिवार, साथीभाइसँग रेस्टुरेन्टमा जम्मा भएर खाना खाजा खाने र रमाइलो गर्ने कल्चरको विकास भएको छ। आज मानिसलाई घरमा खाना बनाउनुभन्दा रेस्टुरेन्टमा खानु सस्तो पर्छ भन्ने महसुस भइसकेको छ।

सरकारले रेस्टुरेन्ट व्यवसाय मध्यरातसम्म खोल्न दिने निर्णय गरिदियो नि?

विस्तारै यहाँ पनि सिस्टम डेभलप हुँदैछ। तर, राति व्यवसाय गर्न राज्यले सेक्युरिटी दिनै पर्छ। क्षेत्र केन्द्रित भएर मात्र सेवा दिनुपर्छ। सबै क्षेत्रमा नाइट सेवा दिन पोसिबल नहोला। राज्यले सोच्नुपर्ने भनेको पहिला टुरिजम क्षेत्र कहाँ हो, कहाँबाट मध्यरातसम्मको सेवा सुरु गर्ने भनेर तोक्नु जरुरी छ। ढिलो चाँडो यो नीति सक्सेस हुन्छ भन्ने लाग्छ।

व्यवसायीहरू फिल्म कत्तिको हेर्छन्?

मत फिल्म हेरिरहेको हुन्छु। थुप्रै मार्मिक फिल्म हेरेकोछु। फिल्म हेर्ने भनेको उमेरले पनि फरक पार्ने रहेछ। व्यापारमा व्यस्त रहने कारणले गर्दा हलमै जान नभ्याए पनि अन्य माध्यबाट फिल्म हेरिन्छ। अभिनेता स्व. श्रीकष्ण श्रेष्ठसँग मैले पनि फिल्म बिजनेस गरेँ। श्रीकृष्णजीले मसँग होटल व्यवसाय गर्नु भएको थियो। उहाँले मलाई कहिल्यै नगरेको फिल्मको बिजनेस क्षेत्रमा ल्याउनु भयो। तपाईं पनि फिल्म क्षेत्रमा आउनैपर्छ भनेकाले मैले कोहीनुर फिल्ममा लगानी गरेको थिएँ। फिल्मले राम्रो कमाइ त ग¥यो, तर पहिलोपटक लगानी गरेको फिल्मबाटै श्रीकृष्णजीलाई सधैंका लागि गुमाउनु परेपछि कमाइको औचित्य रहेन र फेरि फिल्ममा फर्कन मन भएन। उहाँ जीवित हुनुहुन्थ्यो भने अन्य दुई चार फिल्ममा लगानी गरिन्थ्यो होला, अझ राम्रो हुन्थ्यो होला। तर, भगवानले नजिकको साथी हरेर लगेपछि यो क्षेत्रमा लाग्दिनँ भनेर लागिनँ।

श्रीकृष्ण श्रेष्ठलाई कसरी सम्झनुहुन्छ?

शुरुमा श्वेता खड्काजीमार्फत श्रीकृष्ण श्रेष्ठजीसँग भेटघाट भएको थियो। हाम्रो कुराकानी मिलेपछि साथमा बिजनेस गर्ने कुरा भयो र गौशालमा थ्रीस्टार होटल शुरु ग¥यौँ। तर, कारणवश त्यो सक्सेस हुन सकेन। उहाँको डेथ र भूकम्पका कारण उक्त कार्य सफल हुन सकेन। यदि, उहाँ भइदिएको भए हामी सँगै काम गरिरहेका हुन्थ्यौँ। उहाँ एउटा ऊर्जाशील र क्रियटीभ कलाकारसँगै राम्रो मान्छे हुनुहुन्थ्यो। हामी एकदमै मिल्थ्यौं। भगवानले राम्रो मान्छेलाई चाँडै लान्छ भन्थे, हो रहेछ ।

प्रतिक्रिया दिनुहोस्