सुरक्षाको बुलाकी लुक्स



नायिका सुरक्षा पन्तको बुलाकी लुक्स सार्वजनिक भएको छ । लक्ष्मण सुनारद्वारा निर्देशीत फिल्मका निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत बुलाकीको पोस्टरसहित प्रदर्शन मिति सार्वजनीक गरेका छन् ।

नारीप्रधान कथाको बुलाकी नयाँ बर्ष २०८० सालको वैशाख १ गते रिलिज हुने भएको छ । नरेन खड्का, सुरक्षा पन्त, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायतले अभिनय गरको फिल्म कर्णाली भेगको जनजीवन तथा जारी प्रथाको विषयमा केन्द्रित निर्देशक सुनारले जानकारी गराए ।

म्यानेजमेन्टको ब्यानरमा स्व. मोती प्रस्तुति रहेको फिल्मको बितरण उपत्यकामा सुनीलकुमार थापाको कम्पनी त्रिनेत्रमले भने मोफसलको वितरक एफडी हो । स्क्रिप्ट निर्देशक स्वयम्, अभिनेता राजबहादुर साने र निर्मल पौडेल, शिब ढकाल र सम्पादन अर्जुन जिसीको छ ।

म्युजिक डटकमले डिजिटल खरिद गरेको फिल्म डोल्पा, जाजार र रुकुम पश्चिमका बिकट स्थानमा खिचिएको छ ।

प्रतिक्रिया दिनुहोस्