सुनकाे मूल्य बढ्याे : प्रतिताेला कति पुग्याे ?



काठमाडौं ।

नेपाली बजारमा बिहिवार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख ४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन बुधबार दुई सय रुपैयाँ बढेर तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । १९ माघमा १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो । त्यसयता केही दिन ओरालो लागे सुनको मूूल्य फेरि उकालो लाग्दै आएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ४ सय रुपैयाँ तोकिएको छ । बुधबार १ लाख ४ हजार ३ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा पाँच रुपैयाँ बढेर १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा महासंघले नेपालमा मूल्य निर्धारण गर्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स १ हजार ८७९ अमेरिकी डलर छ ।

प्रतिक्रिया दिनुहोस्