राखीको अर्को लफडा



केही कलाकार सायद विवादकै लागि हुने गर्छन् । बलिउड अभिनेत्री तथा मोडल राखी सावन्त पनि ायद जन्मिकएकी हुन् विवादकै लागि । उनका लागि करियर र व्यक्तिगत जीवनको विवाद सामान्य हुने गर्छन् ।

हालै उनी र पति एवम् व्यापारी आदिल खान दुर्रानीबीच विवाद बढेको छ । राखीले विवाहइतर सम्बन्ध र ठगीको आरोप लगाएपछि सोमबार पक्राउ परेका आदिलमाथि आरोप थपेकी छन् । भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा राखिले आफ्नो पतिको कारण आफ्नी आमाको निधन भएको बताएकी छन् । उनले आरोप लगाउँदै आदिललाई भनेकी छन् । ‘तिमीले मेरो आमालाई मारेको छौ । यदि, समयमा मेरी आमाको उपचार भएको भए उहाँ आज जिउँदै हुनुहुन्थ्यो । तर, तिमीले आफ्नी श्रीमतीलाई बाटोमा ल्याएर त्यसै छोडेका छौ ।’

राखीले आदिललाई बिग बोसमा सहभागी हुने बेला भारतीय दश लाखको चेक दिएको तर आदिलले उक्त रुपियाँ फिर्ता नदिएको आरोप लगाउँदै भनेकी छन् ‘त्यतिबेला मेरी आमाको सानो सर्जरी थियो र उक्त पैसा पाएको भए मैले आमालाई बचाउन सक्थेँ । केही दिनअघि क्यान्सर तथा ब्रेन ट्युमरको समस्याबाट पीडित राखीकी आमाको निधन भएको थियो । सञ्चार माध्यमसँग कुराकानीका क्रममा बेहोस भएर भुइँमा ढलेकी राखीलाई मानिसहरूले पानी छर्किएर उठाएका थिए ।

उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राखी ट्रोलको शिकार भएकी छन् । उनी बेहोस भएर ढल्दा पनि उनले मोबाइल भने हातमै समँइरहेका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले राखीले बेहोस भएको अभिनय मात्र गरेको प्रतिक्रिया दिँदै ट्रोल गरेका हुन् । गत महिना मात्र ४४ वर्षीया राखीले २७ वर्षीय आदिलका साथ अदालती विवाह गरेको दाबी गरेकी थिइन् ।

राखीले आदिलविरुद्ध उजुरी दिने क्रममा उनले विवाहको नाममा आफूबाट गर गहना र पैसा लिनुका साथै आफूबाट आफ्नै घरको साँचो खोसेको र फिर्ता नदिएको बताएकी थिइन् । उनले आदीलले आफूलाई बलिउडमा नाम कमाउनका लागि भ¥याङको रूपमा प्रयोग गर्नुका साथै शारीरिक र मानसिक रूपमा दुव्र्यवहार गरेकोसमेत बताएकी छन् । प्रहरीले हिरासतमा लिनु अघि आफूलाई मार्ने भन्दै घरमा अँएको बताएकी थिइन् । राखीले आदिलले केही युवतीका साथ सम्बन्ध बनाएको आरोप लागउँदै उनकी प्रेमीका भन्दै एक युवतीको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्