करण राईले अमेरिकामा देखाए धमकेदार प्रस्तुति



काठमाडाैं।

 क्यान्टोकीको लुसिभिल्लामा आज भ्वाइस अफ नेपाल सेसन फोर का विजेता कारण राईले आफ्नाे धमकेदार प्रस्तुति देखाएका छन्।

भ्वाइस अफ नेपाल चौथो का विजेता करण राई लाई भव्य स्वागत  अमेरिकाको लभ्वाइस अफ नेपालका चौथो विजेता करण राईको भव्य स्वागत  गर्दै भुट्निज सोसाइटी अफ क्यान्टोकी र नेपाल अमेरिका सोसाइटी अफ क्यान्टोकिले संयुक्त रुपमा स्वागत गरेको थियो  । उत्त कार्यक्रम  मा  करण राई ले दर्जनौ प्रस्तुतिमा नयाँ एल्बम चङको समेत प्रस्तुति गरेका थिए।

कार्यक्रममा स्थानीय आयोजकको तर्फबाट पनि नयाँ नयाँ प्रतिभा को प्रस्फुटन गराइएको थियो। कार्यक्रममा राजेश सुब्बा,मञ्जु लामा,लक्की रासी,भीष्म बस्नेत ,निरा महर्जन,रियाज भण्डारी ,साम्य घले,पृन्शा निरौलाले आ-आफ्नु प्रस्तुति गरेका थिए।

सो कार्यक्रममा कला भुजेलको नृत्य आकर्षक थियो भने भुट्निज सोसाइटी अफ क्यान्टोकी का डाइरेक्टर मित्र सुबेदीले स्वागत मन्तव्य राखेका थिए।स्थानीय किरात समुदायले विभिन्न बाजागाजा सहित कार्यक्रम आयोजना गरिएको कुरा नेपाल अमेरिका सोसाइटी अफ क्यान्टोकिका सचिव रियाज भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्