सुनकाे मूल्य घट्याे : प्रतिताेला कति पुग्याे ?



काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ ।

छापावाल सुन आज प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य एक लाख चार हजार ६ सय रुपैयाँ थियो । तेजाबी सुन आज दुई सयले बढेर एक लाख चार हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य एक लाख चार हजार एक सय रुपैयाँ कायम गरिएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । तोलामा पाँच रुपैयाँ घटेर चाँदी एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारको मूल्यको आधारमा महासंघले नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स एक हजार ८७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्