यूएसएआईडी प्रमुख काठमाडौंमा



काठमाडौं । अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी)की प्रमुख समान्था पावर काठमाडौं आइपुगेकी छन् । उनी आज (मंगलबार) बिहान काठमाडौं आइपुगेकी हुन् ।

काठमाडौं पुगे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री विमला राई र अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गर्ने कार्यतालिका छरहेको छ ।

पावरले भ्रमणमा नेपालका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी लगायतलाई भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले प्रेस विज्ञप्तिमा जनाएको छ ।

नेपाल बसाइँमा उनले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोडदिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्