
काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालको शपथ केहीबेरमा हुने भएको छ ।
संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट्रपति कार्यालयको भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको शपथ गराउने बताइएको छ ।
शपथ लगत्तै संसद् सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।