राजधानीका विभिन्न स्थानमा बर्डफ्लु



काठमाडौं । राजधानीका विभिन्न स्थानमा बर्डफ्लुको संक्रमण देखा परेको छ । सरकारले राजधानीका कुखुरा फर्ममा नै वर्डफ्लुको संक्रमण देखिएपछि आम उपभोक्तालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

ललितपुरको खुमलटार, काठमाडौंको रामकोट र तारकेश्वरमा रहेको कुखुरा फर्ममा रहेका कुखुरामा बर्डफ्लु संकमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ललितपुरले जानकारी दिएको छ । ती फर्ममा वर्डप्mलु देखिएपछि सबै कुखुरा नष्ट गरिएको केन्द्रले जनाएको छ ।

कुखुराको मासु सकेसम्म प्रयोगमा नल्याउनसमेत मन्त्रालयले आग्रह गरेको छ । सरकारले राजधानीका शंकास्पद क्षेत्रमा उच्च निगरानी राख्नुका साथै परीक्षण गर्ने कामलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्