मिडियाको आलोचना



सरकारबाट बाहिरिने क्रममा रास्वपाका सभापति रवि लामिछानेले आफूलाई आलोचना गर्ने सञ्चार संस्था र पत्रकारहरुमाथि आक्रोश पोखेपछि त्यसको पक्ष–विपक्षमा मिडियामा अभिव्यक्तिहरु बाहिर आएका छन् । हिजो मिडियाकर्मी हुँदा राजनीतिकर्मीको आलोचना गर्ने लामिछानेले आज राजनीतिकर्मी भएपछि मिडियाको आलोचना गर्नुभएको छ । खासमा, नेपाली पत्रकारिता जगत्सँग उहाँ मिडियाकर्मी हुँदादेखि नै असहमति राख्दैआएका, प्रेस काउन्सिल नेपाल तथा सूचना विभाग लगायतका नियमनकारी निकायसँग विवाद गर्दैआएका व्यक्ति हुनुहुन्छ । ‘नागरिकता विवादमा प्रक्रियागत त्रुटि गरें, तर मैले तपाईंको के बिगारें’ भन्ने लामिछानेको मानसिकता आवश्यकभन्दा उग्र देखिएको छ ।

नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा त्रुटि छैन, कमजोरी भएका छैनन् भन्ने होइन, तर सर्वोच्चले मुद्दा हराइदिएको झोक र गृहमन्त्री खान नपाएको आक्रोश पत्रकारहरुमाथि पोख्नु ठीक होइन । पत्रकारिता जगत्मा रहेका कमजोरी सम्बोधन गर्न लामिछानेले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्नुभएको पनि थिएन । लामिछानेबाट नागरिकता र पासपोर्टको प्रयोगका सम्बन्धमा कमजोरी भएको तर उहाँलाई नेपालको राजनीतिमा सुधारका लागि एक सम्भावना बोकेका युवा मानिएको आजको अवस्थामा उहाँले सार्वजनिक अभिव्यक्ति दिंदा उग्र र अनियन्त्रित शैली देखाउनु दुर्भाग्यको विषय बनेको छ । आफ्नोबारे राम्रो र प्रशंसायुक्त कुरा लेखे सञ्चारमाध्यमको गुणगान गर्ने तर आलोचना गरे आक्रामक बन्ने राजनीतिक दलका नेता र कार्यकर्ताहरुको बानी छ । नेताहरु आफ्नो आलोचना गरी लेखेको एउटा समाचार पढ्ने, सुन्ने र हेर्ने बित्तिक्कै सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि गालीगलौज गर्नपुग्छन् । सञ्चारमाध्यमलाई गाली गर्ने लामिछान पनि भिन्न पात्रका रुपमा खडा हुनसक्नुभएन । लामिछानेको भनाइलाई सांसद्, उपप्रधानमन्त्री, गृहमन्त्री र आफ्नै दलको अध्यक्ष पद गुमाएर अन्ततः सरकारबाट बाहिरिनुपर्ने परिस्थतिमा उत्पन्न आक्रोश, कुण्ठा, दोषारोपण, गालीगलौजको रुपमा अथ्र्याउँदै उहाँका सम्भाव्य शुभचिन्तकहरुले सामाजिक सञ्जाल रंग्याएका छन् । हो, सञ्चार क्षेत्रमा पनि स्वार्थको द्वन्द्व रहेको छ । सञ्चारमाध्यमको आडमा शक्तिसंरचना खडा गरी हुने–नहुने काम गर्दै आएका मिडिया उद्यमी भेटिन्छन् । संस्थागत रुपमै कतिपय उद्योगी–व्यापारी र राजनीतिज्ञसँग आर्थिक लाभको मोलमोलाइ गर्ने काम नेपाली मिडिया क्षेत्रमा छ । आफ्नो निहित स्वार्थका लागि राज्य, प्रशासन सञ्चालकहरुसँग मोलतोलमा उत्रिएका मिडियाकर्मी पनि भेटिन्छन् । तर आइतबार लामिछानेले ‘मिडियाका कमजोरी’ उदाङ्गो पार्नका लागि थिएन । लामिछाने पत्रकार सम्मेलनमा असंयमी बन्नुभएकै हो । मिडिया भित्रका कमजोरीका विषयहरु बहिर नआएसम्म सुधार हुने सम्भावना नदेखिएकाले लामिछानेको बोलीका कारण केही सुधार हुनसक्छ कि भनेर अपेक्षा गर्नु स्वाभाविकै हुन्छ । यस किसिमका प्रश्नहरुमाथि आत्ममन्थन, स्वमूल्याड्ढन आवश्यक पनि छ । तर, लामिछानेबाट असान्दर्भिक रुपमा मिडियामाथि गरिएको यस आलोचनाले सकात्मक परिणाम देखाउने सम्भावना देखिन्न ।

पत्रकारिता सिद्धान्ततः आवाजविहीनहरुको आवाज हुनुपर्ने हो । सार्वजनिक महत्वको विषयमा जनतालाई सूसुचित गराउनेदेखि सत्ताको खराबी, विकृति विसंगति र गलत क्रियाकलापबारे खबरदारी गर्न मिडिया अग्रसर हुनैपर्छ । सञ्चारमाध्यमको दैनिक व्यवहारमा पनि समाजको अरु क्षेत्रमा देखिएको विकृतिले प्रत्यक्ष–परोक्ष प्रभाव पारिरहेको हुन्छ । यसलाई स्वीकार गर्दै आत्मशुद्धीकरणमा मिडिया जगत् पनि लाग्नुपर्छ । तर विभिन्न आरोप खेपिरहेका लामिछानेजस्ता पात्रले नै मिडियामाथि औंला ठड्याउनु स्वाभाविक मान्न सििमडियाको आलोचना

सरकारबाट बाहिरिने क्रममा रास्वपाका सभापति रवि लामिछानेले आफूलाई आलोचना गर्ने सञ्चार संस्था र पत्रकारहरुमाथि आक्रोश पोखेपछि त्यसको पक्ष–विपक्षमा मिडियामा अभिव्यक्तिहरु बाहिर आएका छन् । हिजो मिडियाकर्मी हुँदा राजनीतिकर्मीको आलोचना गर्ने लामिछानेले आज राजनीतिकर्मी भएपछि मिडियाको आलोचना गर्नुभएको छ । खासमा, नेपाली पत्रकारिता जगत्सँग उहाँ मिडियाकर्मी हुँदादेखि नै असहमति राख्दैआएका, प्रेस काउन्सिल नेपाल तथा सूचना विभाग लगायतका नियमनकारी निकायसँग विवाद गर्दैआएका व्यक्ति हुनुहुन्छ । ‘नागरिकता विवादमा प्रक्रियागत त्रुटि गरें, तर मैले तपाईंको के बिगारें’ भन्ने लामिछानेको मानसिकता आवश्यकभन्दा उग्र देखिएको छ ।

नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा त्रुटि छैन, कमजोरी भएका छैनन् भन्ने होइन, तर सर्वोच्चले मुद्दा हराइदिएको झोक र गृहमन्त्री खान नपाएको आक्रोश पत्रकारहरुमाथि पोख्नु ठीक होइन । पत्रकारिता जगत्मा रहेका कमजोरी सम्बोधन गर्न लामिछानेले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्नुभएको पनि थिएन । लामिछानेबाट नागरिकता र पासपोर्टको प्रयोगका सम्बन्धमा कमजोरी भएको तर उहाँलाई नेपालको राजनीतिमा सुधारका लागि एक सम्भावना बोकेका युवा मानिएको आजको अवस्थामा उहाँले सार्वजनिक अभिव्यक्ति दिंदा उग्र र अनियन्त्रित शैली देखाउनु दुर्भाग्यको विषय बनेको छ । आफ्नोबारे राम्रो र प्रशंसायुक्त कुरा लेखे सञ्चारमाध्यमको गुणगान गर्ने तर आलोचना गरे आक्रामक बन्ने राजनीतिक दलका नेता र कार्यकर्ताहरुको बानी छ । नेताहरु आफ्नो आलोचना गरी लेखेको एउटा समाचार पढ्ने, सुन्ने र हेर्ने बित्तिक्कै सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि गालीगलौज गर्नपुग्छन् । सञ्चारमाध्यमलाई गाली गर्ने लामिछान पनि भिन्न पात्रका रुपमा खडा हुनसक्नुभएन । लामिछानेको भनाइलाई सांसद्, उपप्रधानमन्त्री, गृहमन्त्री र आफ्नै दलको अध्यक्ष पद गुमाएर अन्ततः सरकारबाट बाहिरिनुपर्ने परिस्थतिमा उत्पन्न आक्रोश, कुण्ठा, दोषारोपण, गालीगलौजको रुपमा अथ्र्याउँदै उहाँका सम्भाव्य शुभचिन्तकहरुले सामाजिक सञ्जाल रंग्याएका छन् । हो, सञ्चार क्षेत्रमा पनि स्वार्थको द्वन्द्व रहेको छ । सञ्चारमाध्यमको आडमा शक्तिसंरचना खडा गरी हुने–नहुने काम गर्दै आएका मिडिया उद्यमी भेटिन्छन् । संस्थागत रुपमै कतिपय उद्योगी–व्यापारी र राजनीतिज्ञसँग आर्थिक लाभको मोलमोलाइ गर्ने काम नेपाली मिडिया क्षेत्रमा छ । आफ्नो निहित स्वार्थका लागि राज्य, प्रशासन सञ्चालकहरुसँग मोलतोलमा उत्रिएका मिडियाकर्मी पनि भेटिन्छन् । तर आइतबार लामिछानेले ‘मिडियाका कमजोरी’ उदाङ्गो पार्नका लागि थिएन । लामिछाने पत्रकार सम्मेलनमा असंयमी बन्नुभएकै हो । मिडिया भित्रका कमजोरीका विषयहरु बहिर नआएसम्म सुधार हुने सम्भावना नदेखिएकाले लामिछानेको बोलीका कारण केही सुधार हुनसक्छ कि भनेर अपेक्षा गर्नु स्वाभाविकै हुन्छ । यस किसिमका प्रश्नहरुमाथि आत्ममन्थन, स्वमूल्याड्ढन आवश्यक पनि छ । तर, लामिछानेबाट असान्दर्भिक रुपमा मिडियामाथि गरिएको यस आलोचनाले सकात्मक परिणाम देखाउने सम्भावना देखिन्न ।

पत्रकारिता सिद्धान्ततः आवाजविहीनहरुको आवाज हुनुपर्ने हो । सार्वजनिक महत्वको विषयमा जनतालाई सूसुचित गराउनेदेखि सत्ताको खराबी, विकृति विसंगति र गलत क्रियाकलापबारे खबरदारी गर्न मिडिया अग्रसर हुनैपर्छ । सञ्चारमाध्यमको दैनिक व्यवहारमा पनि समाजको अरु क्षेत्रमा देखिएको विकृतिले प्रत्यक्ष–परोक्ष प्रभाव पारिरहेको हुन्छ । यसलाई स्वीकार गर्दै आत्मशुद्धीकरणमा मिडिया जगत् पनि लाग्नुपर्छ । तर विभिन्न आरोप खेपिरहेका लामिछानेजस्ता पात्रले नै मिडियामाथि औंला ठड्याउनु स्वाभाविक मान्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्