कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण



सुर्खेत । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत पहिलोपटक प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ ।

काठमाडौ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु भएको हो ।

उक्त कार्यक्रम सञ्चालनको लागि सुर्खेत प्रादेशिक अस्पतालको तर्फबाट डा. डम्वर खड्का र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तर्फबाट डा. पुकार चन्द्र श्रेष्ठले सुर्खेत प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण गर्नाका लागि २०७८ चैत्र १० सम्झौता गरी प्रत्यारोपण सेवा शुरु गर्ने समझदारी गरिएको थियो ।

सम्पूर्०ा कानुनी तथा व्यवस्थापकिय प्रक्रिया परा गरे पश्चात् द्दण्ठढ मा३ द्दज्ञ गते नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ४ निवासी ४३ वर्षीया आमाले २२ वर्षीय छोरालाई मृगौला दान गर्नुभएको थियो ।

प्रत्यारोपणमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको छ ।

केन्द्रका शल्यचिकित्सक डा. रवि किरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. रस्मीत श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दिपा लामिछाने रेडियोलोजीष्ट डा. समिर दवाडि संलग्न हुनु भएको थियो ।

प्रदेश अस्पताल कर्णाली प्रदेश सुर्खेतको तर्फवाट डा. डम्वर खड्काको नेतृत्वमा शल्य चिकित्सक डा. गणेश थापा, डा. विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा. पुजन बल्ल र डा.जेनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही लगायतका चिकित्सक टोली र ओ.टी इन्चार्ज प्रभा रावल तथा ओ.टी. र आईसियुमा कार्यरत नर्सिङ्ग कर्मचारीहरु साथै प्रयोगशालाका इन्चार्ज भरत देवकोटा लगायतका कर्मचारीहरु सम्लग्न हुनु भएको थियो ।

प्रत्यारोपण कार्यको संयोजन डा. गौरव पन्थ र प्रशासकीय अधिकृत हरीहर पोखरेलले र प्रदेश अस्पतालको तर्फबाट अस्पताल नर्सिङ्ग प्रमुख सकुन्तला सापकोटा र प्रशासन प्रमुख बिनोद बस्नेतले गर्नु भएको थियो ।

प्रत्यारोपण कार्यमा सघाउनको लागि केन्द्रको तर्फबाट ट्रान्स्प्लान्ट कोर्डिनेटर सरु कोजु, ओ.टी. स्टाफ नर्स विनिता कुटु, सबिया नागा, आई.सि.यु स्टाफ नर्स सजना कासुला, देवजना श्रेष्ठ र सीतामाया अवालले रहनु भएको छ ।

प्रदेश अस्पतालमा नियमित रुपमा प्रत्यारोपण सेवा संचालन गर्ने योजना रहेको छ । त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर वनाउनको लागि केन्द्रमा थप तालिममा पठाउने योजना वनाएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म १०११ जनाको मृगौला र ९ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशमा सेवा शुरु गर्न प्राविधिक सहयोग गरेको छ र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्