नेकपा (एस)को राष्ट्रिय महाधिवेशन आउँदो वर्षको फागुनमा



कठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी २०८० सालको फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

शनिबार र आइतबार सम्पन्न केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्र्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको उनले बताए ।

प्रवक्ता खतिवडाले भने, ‘आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ, सोहीअनुसार अगाडि बढ्छौँ ।’

प्रतिक्रिया दिनुहोस्