करणको सांगीतिक चंगामा दयाहाङ



द भ्वाइस अफ नेपाल सिजन–४ बिजेता बनेपछि गायक करण राईले पहिलो म्युजिक भिडियो चंगा सार्वजनिक गरेका छन् ।

करणले आप्mनै युट्युब च्यानल करण राईमार्फत चंगा सार्वजनिक गरेका हुन्। म्युजिक भिडियोमा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन् ।

करण भ्वाइस अफ नेपाल सिजन–४ मा जानुअघि सार्वजनिक गरिएको द काईट्स एल्बममा संग्रहित चंगा गीतमा प्रकाश आङ्देम्बेको शब्दरचना रहेको छ ।

देवेश राईको संगीत रहेको गीतको शब्दको भावअनुसार म्युजिक भिडिया अनिल सुब्बाले निर्देशन गरेका छन् । भिडियोमा अभिनेता दयाहाङसँगै अशिम सुब्बा, संगीता थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्