एफएलएफ अवार्डको मनोनयन सूची सार्वजनिक



फाल्गुनन्द लिङ्देन फिल्म्सको आयोजनामा हुने लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको संयुक्त अवार्ड एफएलएफ अवार्ड २०७९ को पाँचौं सस्करणको मनोनयन सूची सार्वजनिक गर्दै मनोनयनमा परेका कलाकारलाई मनोनयन पत्र प्रदान गरिएको छ ।

अवार्डमा फिल्मबाट अभिनेतामा टिकाराम लिम्बू माखिम, रुद्र पाहिम र तान्छोहाङ इङनाम, अभिनेत्रीमा लक्ष्मी योङहाङ, विमला खजुम र अनुषा लिम्बू, कथामा सागर केरुङ र टिका माखिम, सह–निर्देशकमा छवि कटवाल र चन्द्रप्रसाद घिमिरे, शृङगारमा रबिना थापा तोलांगी र अशोक मण्डल, निर्देशनमा दिनेश लिङदेन र टिकाराम लिम्बू, छायांकनमा सुमन योञ्जन, कौसल राना र इशक जबेगु मनोनयनमा परेका छन् ।

त्यस्तै, गायकमा सुसन साम्सो हाङ, टिका लिम्बू र सुमन लिम्बू, गायिकामा मेचु धिमाल, मनु नेम्वाङ र श्रेयसी चेम्जोङ, संगीतकारमा मान तबेबुङ, बुद्धराज लिम्बू र शैलेन्द्र नाल्बो छन् भने म्युजिक भिडियोबाट अभिनेतामा पुर्ण सेलिङ, शैलेन्द्र नाल्बो र नन्दमान तुम्बापो, अभिनेत्रीमा पुष्पाञ्जली तिल्लिङ लिम्बू, केन्जल योङहाङ र रुबिना लिम्बू, गायकमा शम्भु फोम्बो, डिआर हाङ्स्रुम्बा र नोगेन हाङ्स्रुम्बा, गायिकामा निरन्ता नेम्वाङ, गंगा सिङजाङगो लिम्बू र रुक्सना लिम्बू, गीत तथा संगीतमा रीता ठूली फोम्बो, शैलेन्द्र नाल्बो र येहाङ लावती, छायांकनमा सञ्जय आचार्य, भूपेन्द्र तुम्बाहम्फे र देवराज सिग्देल तथा निर्देशनमा हाङ चेम्जङ, दिने शमाङम र सागर केरुङ मनोनयमा छन् ।

उप–सभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गायक तथा संगीतकार संगम लिम्बू र निर्माता तथा गीतकार शैलेन्द्रकुमार नाल्बोलाई सम्मान गरिएको थियो । आयोजक फिल्म्स्का अध्यक्ष तथा निर्देशक दिनेश लिङदेनको सभापतित्वमा सम्पन्न कार्यक्रम दीपज्योति थापाले सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्