रेशम चौधरीको मुद्दामा विपक्षी झिकाउने आदेश



काठमाडौं । टीकापुर घटनामा जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार ‘प्रत्यर्थी झिकाउने’ आदेश दिएको हो । टीकापुर घटनामा उच्च अदालत, दिपायलले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो ।

त्यसका विरुद्ध चौधरीसहित आठ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । त्यसमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो । सर्वोच्चका न्यायाधीशद्वय मोक्तान र शर्माको इजलासले प्रत्यर्थीलाई झिकाउने आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।

पूर्व सांसद चौधरीसहित सीताराम चौधरी, हरिनारायण चौधरी, गंगाराम डगौरा चौधरी, वीरबहादुर चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा चौधरी, राजेश चौधरी, प्रदीप चौधरी र लक्ष्मण थारू चौधरीले छुट्टाछुट्टै आठवटा निवेदन दिनुभएको थियो । सबै निवेदनमा नेपाल सरकारलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्