रवि लामिछानेलाई धनराज गुरुङको कटाक्ष : उही ड्याङको मुलाजस्तै



काठमाडौं ।

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नयाँ सांसदहरुबाट नयाँ आशा गरे पनि त्यो नपाइएको बताएका छन्। आइतवार प्रतिनिधि सभाको विशेष समयमा सम्बोधन गर्दै कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले नयाँ जोगी पनि कानै चिरेको देखिएको बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेतिर लक्षित गर्दै देश विकासका लागि भन्दा पनि मन्त्री र प्रधानमन्त्री पदकै लागि झिनाझम्टीमा लागेको देख्दा यही पुष्टि भएको उनको भनाई थियो।

मन्त्री प्रधानमन्त्रीकै लागि झिनाझम्टी गरिरहेका छौं। नयाँ पार्टीका सांसदहरु पनि उही ड्याङकै मुलाजस्तो देखिएको तर्क गरे।अर्को उखान छ (तिमी पनि त उही ड्याङको मुला त हो नि। हैन भन्थे म। तर उही ड्याङकै जस्तै भयो।

प्रतिक्रिया दिनुहोस्