क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार भगवती तिमिल्सिनालाई



काठमाडौं ।

स्वास्थ्य पत्रकार भगवती तिमिल्सिनालाई यसवर्षको क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शनिबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आठौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा आयोजित विशेष समारोहमा स्वास्थ्यमन्त्री पदम गिरीले सो पुरस्कार तिमिल्सिनालाई प्रदान गरेका हुन्  ।

नेपाल समाचार पत्र दैनिकमा दुई दशकदेखि स्वास्थ्य विटमा कलम चलाएकी तिमल्सिनालाई उनको स्वास्थ्य पत्रकारितामा देखाएको अभिछिन्न सक्रियताको सम्मान गर्दै प्रदान गरिएको मञ्चले जनाएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले यसवर्ष देखि स्थापना गरेको उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । सो पुरस्कारका लागि आर्थिक सहयोग मञ्चका सदस्य बासुदेव न्यौपानेले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्